मिर्गौला खराब हुनु लाग्दाको लक्षणहरु जानी राखौं सबैलै सचेत गराउ यो रोगको लक्षणहरु यस प्रकार रहेका छन् । १. मिर्गौला खराब हुनु लाग्दा बाराम्बार पिसाव आइरहन्छ । रातको समयमा झनै बढि हुने गर्छ । २.पिसाप गर्ने बेला निकै पीडा हुने गर्छ । दुखाईका कारण पिसाव नहुने पनि हुनसक्छ । ३. पिसावबाट रगत वा साबुनको फिँज जस्तो आयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्न स्वास्थ्य विषेशज्ञहरुले बताएका छन् । ४.मिर्गौलामाबाट हाम्रो शरिरलाई नचाहिने अनावश्यक विकारहरु बाहिर जान पाउँदैन । त्यसपछि ट्यूमरको रुप लिने गर्दछ । मिर्गौलाको भागमा दुख्ने र सुन्निने वा पेट फुल्ने समस्या हुन्छ । ५ं किड्नीको खराबीले गर्दा व्लडमा अक्सीजन प्रवाह हुन पाउँदैन । त्यसले गर्दा शरीर थकान र कमजोरी महसुस हुने गर्दछ । ६. मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन । त्यसले हाम्रो छालामा समेत असर ल्याउन सक्छ । ७. मिर्गौलामा समस्या भएपछि रगतमा यूरियाको लेवल बढ्ने हुनाले त्यसले मुख गनाउने समस्या देखिन्छ । ८. मिर्गौलामामा समस्या आएपछि रगतमा पानी र नुनको मात्रा बढ्ने गर्छ । जसले ब्लड प्रेशर बढ्ने गर्छ । ९. शरीरको बिकास बस्तु बाहिर निस्कन नपाएपछि हमेसा टाउको दुखिरहेने, उल्टी आउने हुन्छ । १०. यो मिर्गौलाको विरामीको आम लक्षण हो । शरीरको सम्पूर्ण जोर्नीहरु दुख्छ ।
हाड : दूध र दुग्धजन्य उत्पादन क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ । दाँत : दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पु¥याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सडनबाट पनि बचाउँछ । रक्तचाप : अध्ययनहरुले के देखाएका छन् भने दैनिक तीन भाग दुग्धजन्य पदार्थ, ५ भाग फलफुल तथा तरकारी र न्युन नुन खानाले वयस्क तथा बालबालिका दुवैमा उच्च रक्तचाप घटाउँछ । दुधसहित क्याल्सियम, पोटासियम र प्रोटिन खानाले उच्च रक्तचाप घट्ने बताइन्छ । मुटु : दुध र दुग्धजन्य पदार्थको सेवनले मुटुसबन्धी रोग लाग्ने खतरा पनि घटाउँने एक अध्ययनले देखाएको छ । बेलायतको वेल्समा गरिएको एक अध्ययनले बढी दुध सेवन गर्ने मानिसमा सेवन नगर्नेमा भन्दा हृदयाघातको खतरा कम भएको पाइएको थियो । विज्ञका अनुसार दुधमा पाइने क्याल्सियमको उच्च मात्रा मुटु जोगाउन लाभकारी रहेको पाइएको थियो । उच्च क्याल्सियमले खराब कोलेस्टेरोल हटाउँने र असल कोलेस्टेरोलको मात्रा बढाउँने अध्ययनहरुले देखाएका छन् ।
मोटोपना : कतिपय मानिसहरु मोटो होइन्छ भनेर दुध पिउने गर्दैनन् । तर, दुध र दुग्धजन्य पदार्थ नियमित सेवन गर्नेहरुको मोटोपनासमेत घट्ने अध्ययनले देखाएको छ । यो क्यालोरी नियन्त्रित गर्ने डाइटको एक भागको रुपमा मानिन्छ । टाइप टु डायबेटिज : अध्ययनहरुका अनुसार नियमित रुपमा कम चिल्लो भएको दुग्धजन्य पदार्थ सेवन गर्नाले टाइप टु डायबेटिजको खतरा कम गर्छ । हालै ३७ हजार वयस्क महिलामा गरिएको अध्ययनले बढी मात्रामा दुध सेवन गर्नेहरुमा डायबेटिजको खतरा कम भएको पाइएको थियो । सन् २००५ मा पुरुषमा गरिएको अध्ययनले पनि यस्तै खालको नतिजा पाइएको थियो । क्यान्सर : नियमित दुधको सेवनले कोलोरेक्टल र स्तन क्यान्सरको खतराबाट बचाउँछ । ४५ हजार स्वीडिसमा पुरुषमा गरिएको अध्ययनले १.५ ग्लास वा त्योभन्दा बढी दुध दैनिक सेवन गर्नेमा हप्तामा दुई गिलासभन्दा कम पिउनेभन्दा क्यान्सरको खतरा ३५ प्रतिशतले कम भएको पाइएको थियो । नर्वेमा ४० हजार महिलमा गरिएको अध्ययनमा पनि स्तन क्यान्सरको खतरा कम भएको पाइएको थियो । हाइड्रेसन : शरीरमा पानीको मात्रा पु¥याउँन नियमित ६ देखि ८ कप तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ । पानीको मात्रा नपुगे स्मरणशक्तिमा ह्रास आउँने र चिडचिडाहट हुने हुन्छ । दुध तरल पदार्थ आपूर्ति गर्ने उपयुक्त स्रोत बन्न सक्छ । यो शरीरलाई आवश्यक तरल पदार्थको स्रोतमात्रै नभई दाँतका लागि पोषक तत्वको समेत भूमिका खेल्छ ।

लक्षणहरु :
यो रोगको लक्षण मुसाले टोकेको १०–१२ दिनमा देखिन सुरु गर्दछ । लक्षणहरु निम्नप्रकार छन् :
उच्च ज्वरो आउनु(१०४–१०५ डिग्री फरेनहाइटसम्म आउन सक्छ ।)
टोकेको भागमा तथा अन्य भागमा राता–राता बिमिराहरु देखिनु ।
टाउको दुख्नु, भोक नलाग्नु ।
खोकी तथा वाकवाकी लाग्नु ।
शरीर काम्नु, जीउ, मांसपेशी तथा जोर्नी दुख्नु ।
लिम्प नोड सुनिनु ।
आँखाको कम्युकस मेमरेनको संक्रमण हुनु, आदि ।

बच्ने_उपायहरु
व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने ।
सुक्ष्म जीवहरु(माइट) जस्तै सुलसुले, उपिया“, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने ।
घर वरपर झारपात तथा घा“सपात उम्रन नदिने ।
रोग सर्ने भेक्टर(बाहक), किटनाशक औषधीको प्रयोग गरी घटाउने ।
घरवरपरको वातावरणीय सरसफाइमा ध्यान दिने ।
छालामा ‘इनसेक्ट रेपेलेन्टस’जस्तै बेञ्जाइल बेञ्जोएटको प्रयोग गर्ने ।


जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।

जुन यस प्रकार छन् :
चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ ।
पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।
पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।
चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।
जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।
सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।
ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।
दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।

कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्‍स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो ।

पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्‍याकहर्न स्टोन बाह्‍र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् ।

पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन ।

मौसम अनुसार पाउन सकिने फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ । पिसावनली, पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन गर्नने नलीमा पनि अड्किएर रक्तस्राव जस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनु पर्दछ ।
| Copyright © 2013 khabar chautari